तोलामा ३७ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२० माघ २०८२
तोलामा ३७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २० माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदी आज ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस