पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

अनलाइनसमय |
१९ माघ २०८२
पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

काठमाडौं, १९ माघ । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उनले पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख गरेका छन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । एमाले फुटेर माले बनेपछि वामदेव गौतमसँगै लागेका देव २०५८ मा एमालेमा फर्किएका थिए । २०५९ सालमा सातौं महाधिवेशनबाट पराजित भएपछि केही समय उनी एमालेबाट राजीनामा दिएर बाहिरिएका थिए ।

एमालेमा फेरि क्रियाशील भएको केही समयमै २०६३ सालको मधेश आन्दोलनपछि एमाले छाडेर विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरममा लागेका थिए । तयसबेला उनी संविधानसभा सदस्य समेत भएका थिए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि सोही फोरममा लागेर सांसद बनेका उनी २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य समेत भएका थिए । २० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए । उनले एमाले प्रवेश गरेको एक वर्ष नपुग्दै फेरि पार्टी छाडेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस