तोलाको २ लाख ८६ हजारमा झर्‍यो सुनको मूल्य

अनलाइनसमय |
१९ माघ २०८२
तोलाको २ लाख ८६ हजारमा झर्‍यो सुनको मूल्य

काठमाडौं, १९ माघ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन आज तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख रुपैयाँ कायम भएको थियो ।

यसअघि गत बिहीबार (१५ माघ) मा छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको उच्च रेकर्ड छ । शुक्रबार पनि तोलामा २० हजार ५०० रुपैयाँले र आइतबार १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस