काठमाडौं, १८ माघ । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा साढे सात अर्बभन्दा बढीको दलहन नेपाल भित्रिएको छ ।
वीरगञ्जका भन्सार कार्यालयका अनुसार पुससम्ममा ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको सात सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा आयात ३१ प्रतिशतले बढेको हो । गत आवको ६ महिनामा ५ अर्ब ८३ करोड रुपैयाँ दलहन खाद्यान्न भित्रिएको थियो ।
तथ्यांकअनुसार चालू आवको ६ महिनामा सबैभन्दा बढी मसुरो आयात भएको छ । सो अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ ।
त्यस्तै १ अर्ब १७ करोड मूल्य बराबरको सिमी–राज्मा आयात भएको छ । पुससम्ममा ७ प्रकारका दलहनजन्य खाद्यान्न भित्रिएकोमा सिमी–राज्माको मात्रै आयात घटेको छ । सो वस्तुको आयात ३९ प्रतिशतले घटेको कार्यालयले जनाएको छ । गत आवको पुससम्ममा १ अर्ब ९१ करोडक सिमी–राज्मा आयात भइको थियो ।
त्यसैगरी, चालु १ अर्ब १४ करोडको चना, १ अर्बको अन्य गेडागुडी, २७ करोडको रहरको दाल, १६ करोडको केराउ र ५ करोड १० लाख रुपैयाँ बराबरको बकुल्लाको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

स्रोत : वीरगञ्जका भन्सार कार्यालय