तोलामा १८ हजार ८ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१८ माघ २०८२
तोलामा १८ हजार ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १८ माघ । नेपाली बजारमा तीव्र रुपमा उकालो लागिरहेको सुनको मूल्यमा आज भारी गिरावाट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

गत बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको उच्च रेकर्ड छ । शुक्रबार पनि तोलामा २० हजार ५०० रुपैयाँले घटेको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस