ऐतिहासिक बिन्दुमा सुनचाँदीको मूल्य, लगानीमा जोखिम कि प्रतिफल ? (अन्तरवार्ता)
अनलाइनसमय |
१६ माघ २०८२
काठमाडौं, १६ माघ । नेपालको अर्थतन्त्र लामो समयदेखि शिथिल अवस्थामा छ । बैंकिङ प्रणालीमा प्रशस्त तरलता भएर पनि निजीक्षेत्रले लिन चाहिरहेको छैन । कर्जाको विस्तार सुस्त छ । आन्तरिक अर्थतन्त्रले सुस्तीको सामना गरिरहँदा नेपालको बाह्य क्षेत्र भने झन् झन् मजबुत बन्दै गएको छ । विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति इतिहासकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरसम्ममा बैंकिङ प्रणालीमा कुल विदेशी मुद्राको सञ्चिति ३२ खर्ब नाघेको छ । यस्तै विप्रेषण आप्रवाह पोहोरको तुलनामा ३७ प्रतिशतले बढेको छ । विडम्बना, बाह्य क्षेत्रका वित्तीय सूचक सबल बने तापनि आन्तरिक अर्थतन्त्रमा त्यसको प्रभाव देखिन सकेको छैन । विदेशी विनिमय तथा रेमिट्यान्सलाई उत्पादन तथा उत्पादकत्व बढ्ने, रोजगारी सृजना हुने र समग्र आर्थिक वृद्धि हुने क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने अहिले बहसको विषय बनेको छ ।
साथै अर्थतन्त्रलाई ठूलो टेको दिएको रेमिट्यान्समाथिको निर्भरता बढिरहँदा भावी दिनमा यसले जोखिम निम्त्याउन सक्ने चिन्ता पनि छँदै छ । यसैगरी भूराजनीतिक द्वन्द्व लगायत कारण अमेरिकी डलरसँग नेपाली मुद्राको बढ्दो अवमूल्यनले विभिन्न असर पर्न सक्ने देखिएको छ । अहिले नेपालको बाह्य क्षेत्र सबल हुँदाको लाभ अर्थतन्त्रले कसरी लिन सक्छ त ? अर्थतन्त्रका अहिलेको अवसर र चुनौती के हुन् ? यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा अर्थविद् डा. भरत थापासँग गरिएको कुराकानी यस्तो छ :