काठमाडौं, १६ माघ । नेपाली बजारमा गत शुक्रबारदेखि बढेर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।