एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अनलाइनसमय |
१५ माघ २०८२
एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, १५ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यही माघ ९ गते तोलामा ३ लाख पार गरेको सुनको मूल्यले त्यसयता बढेर नयाँ रेकर्ड ब्रेक गर्दै आएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको चाँदी आज ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस