तोलाकै ३ लाख १९ हजार नजिक सुन, चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार

अनलाइनसमय |
१४ माघ २०८२
तोलाकै ३ लाख १९ हजार नजिक सुन, चाँदी पनि हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं, १४ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो कारोबारदिनको तुलनामा आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । गत माघ ९ गतेयता सुन लगातार बढिरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ हजार ३ सय रुपैयाँ कायम भएको महासंघ ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस