बीमा प्राधिकरणका अध्यक्ष पौडेलले गरिन् पदभार ग्रहण

अनलाइनसमय |
१४ माघ २०८२
बीमा प्राधिकरणका अध्यक्ष पौडेलले गरिन् पदभार ग्रहण

काठमाडौं, १४ मघ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् ।

यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

मन्त्रिपरिषद्को यही माघ १२ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको थियो ।

अध्यक्ष पौडेललाई मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस