सहिदपुत्र नेल्सनलाई अक्षय गोल्याणको मर्मस्पर्शी सन्देश

अनलाइनसमय |
१२ माघ २०८२
सहिदपुत्र नेल्सनलाई अक्षय गोल्याणको मर्मस्पर्शी सन्देश

काठमाडौं, १२ माघ । ‘प्रिय नेल्सन ! आफूलाई आकाशमा सीमित नगर्नुहोस्, त्यसभन्दा बाहिरको सपना देख्नुहोस् । क्षितिजमा पुग्नुहोस् ।’

भर्खरै स्कुलमा पाइला टेकेका २ वर्षीय बालक नेल्सन पराजुली, जसले सरस्वती पूजाको साइतमा अक्षरारम्भ गरेका छन् । यो शुभेच्छा वास्तवमै उनको जीवनमा उज्यालो क्षितिज चुम्ने प्रेरणादायी पदमार्ग बनेको छ । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले सामाजिक सञ्जालमा उनीसँगको भिडियो पोष्ट गर्दै लेखेका शब्दहरुले माया–ममता र साथ–सहकार्यको मर्मस्पर्शी अनि प्रेरणादायी कथा बोकेको छ ।

नेल्सन जेनजी आन्दोलनका सहिद अनिष पराजुलीका छोरा हुन् । उनका बुवाको सहादतले अहिले मुलुकले परिवर्तनको काँचुली फेर्दैछ । तर, अर्को अँध्यारो पाटो– उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सुरक्षा र भरोसा गुमाएका छन् । १३ वर्षीय उनका दाई निकोलश पनि दुर्भाग्यपूर्ण कथाबाट प्रभावित भएका छन् । दुई दाजुभाइको यही कथासँग जोडिएका अक्षयले सामाजिक सञ्जालमार्फत स्नेहपूर्ण साथ र साहसले भरिएको भावना व्यक्त गरेका हुन् ।

‘तपाईंको बुबा हामीसँग हुनुहुन्न, तर उहाँको साहस र प्रेम तपाईंमार्फत जीवित छ,’ अक्षयले भनेका छन्, ‘तपाईंले स्कूलमा पहिलो पाइला टेकेको देख्दा मेरो मन गर्वले भरिएको छ, वास्तवमै यो ज्ञान र स्वतन्त्रतातर्फको तपाईंको नयाँ यात्राको सुरुवात हो ।’

अक्षरारम्भमा अक्षय पनि नेल्सन अध्ययनरत काठमाडौं यूरो स्कुल, बानियाटार पुगेका थिए । गोल्याण ग्रुपले नेल्सनसहित सहिद परिवारका २४ बालबालिकालाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गरेको छ । सरस्वती पूजाको दिन नेल्सनसँगै पोखरामा एनिक गुरुङ र सिराहामा विवान्सी चौधरीले अक्षरारम्भ गरेका छन् । नेल्सनलाई सम्बोधन गर्दै लेखिएको सन्देशनमार्फत अक्षयले भनेका छन्, ‘हामी यस्तो भविष्यको परिकल्पना गरिरहेका छौं, जहाँ तपाईं चम्कनुहुनेछ र अन्य मानिसको लागि प्रेरणाको स्रोत बन्नुहुनेछ ।’

सहिदका सन्तानको शिक्षाको जिम्मेवारी बहन गरेको प्रतिष्ठित तथा अग्रणी व्यावसायिक संस्था गोल्याण ग्रुपका अध्यक्ष अक्षयले उक्त सम्देशमार्फत बालबालिकाहरुको सपना पूरा गर्न सँधै साथमा रहने बाचासमेत दोहो¥याएका छन् । ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न, म छेउमा उभिएर तपाईंको हरेक सपनालाई सार्थक बनाउन सँगै रहनेछु’ उनले भनेका छन्, ‘तपाईंले देखेका सपना सबै पूरा होस्, आजदेखि म हेरिरहनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस