उच्च मूल्यबाट घट्यो सुनचाँदी, तोलाको कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
८ माघ २०८२
उच्च मूल्यबाट घट्यो सुनचाँदी, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ माघ । नेपाली बजारमा केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै गएको सुनको मुल्इ आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस