काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा करिब पौने ११ खर्बको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको पुस मसान्तसम्ममा १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ३६ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा नेपालल ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
चालू आवको पाँच महिनामा नेपालले ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव १५ प्रतिशतले बढी हो । सो अवधिमा नेपालले ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको घाटामा थियो ।
पछिल्लो एक वर्ष अवधिमा निर्यात ४३ दशमलव ७६ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा ९८ अर्ब ७८ करोड मुल्य बराबरको वस्तु निर्यात गर्दा यो वर्षको यसै अवधिमा १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
पुससम्ममा नेपालले ९ खर्ब ३९ अर्ब २ करोड करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १४ दशालव १८ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।