काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो ६ महिनामा २३ अर्ब बढिको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत पुससम्ममा नेपालमा २३ अर्ब २९ करोड ८३ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।
आवको ६ महिनामा सो रकम बराबरको १२ लाख ५२ हजार ६३४ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ४ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।