४२.२६ अंकले बढ्यो नेप्से, करिब १२ अर्बको कारोबार

अनलाइनसमय |
६ माघ २०८२
४२.२६ अंकले बढ्यो नेप्से, करिब १२ अर्बको कारोबार

काठमाडौं, ६ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । यसदिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३ दशमलव प्रतिशतले बढेको छ ।

यसैगरी लगानी २ दशमलव ५४, जीवन बीमा १ दशमलव ८६, हाइड्रोपावर १ दशमलव ७७, निर्जीवन बीमा १ दशमलव ६५, माइक्रोफाइनान्स १ दशमलव ५४, विकास बैंक १ दशमलव ४५, अन्य १ दशमलव ४४, बैंकिङ १ दशमलव २४, उत्पादन तथा प्रशोधन १ दशमलव ४, म्युचुअल फण्ड १ दशमलव ०४ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज गोर्खाज फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै आँखु खोला जलविद्युत् ८ दशमलव १३, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ७ दशमलव ८७, नेशनल हाइड्रोपावर ७ दशमलव ३२ र एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य ७ दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज सुपर म्यादी हाइड्रोपावर ३ दशमलव ४, सामलिङ पावर २ दशमलव ८२ र सिदार्थ इक्यूटी फण्डको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस