काठमाडौं, ६ माघ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । मंगलबार(आज) लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो । सो एफपीओ २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएको क्यापिटलले जनाएको छ, जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् । तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता शेयर पाएका छन् । २१ लाख ४९ हजार ३५३ स्वीकृत आवेदकको भने हात खाली भएको छ ।