काठमाडौं, ६ माघ । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री खनालका अनुसार पुनले आफ्नो अभियानलाई निरन्तरता दिनका लागि मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्री पुनको राजीनामालाई औपचारिक रूपमा पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले राजीनामा प्राप्त भएको बताए पनि यसका विस्तृत कारणबारे भने केही खुलाएका छैनन् ।