काठमाडौं, ५ माघ । जापानकी प्रधानमन्त्री साना ताकाइचीले आगामी फेब्रुअरी ८ मा संसदीय निर्वाचन गर्ने घोषणा गरेकी छन् । आफूले प्रस्तुत गरेको विभिन्न विद्येयक अघि बठाउन तथा कर कटौती गर्ने र नयाँ सुरक्षा रणनीतिका लागि जनसमर्थन जुटाउन उनले फेब्रुअरी ८ मा राष्ट्रिय निर्वाचन आह्वान गर्ने निर्णय गरेको बताएकी छन् ।
ताकाइचीले पत्रकार सम्मेलनमा आफ्नो राजनीतिक भविष्य दाउमा राखेर निर्वाचनमा जान लागेको बताएकी छन् । उनले भनिन्, ‘देशको व्यवस्थापनको जिम्मा मलाई सुम्पने कि नदिने भन्ने निर्णय जनताले प्रत्यक्ष रूपमा गरून् भन्ने चाहना छ ।’
उनले खाद्यान्नमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि स्थगन गर्ने वाचा गरेकी छन् । साथै, आफ्ना खर्च योजनाले रोजगारी सिर्जना गर्ने, घरपरिवारको खर्च बढाउने र अन्य कर आम्दानी पनि वृद्धि गर्ने दाबी गरेको सिएनएनमा उल्लेख छ ।
तर उपभोग कर कटौतीको सम्भावनाले सरकारको वार्षिक आम्दानी करिब ५ ट्रिलियन येन (३२ अर्ब अमेरिकी डलर) ले घट्ने सरकारी अनुमान छ । यही कारण सोमबार जापानका १० वर्षे सरकारी बन्डको प्रतिफल २७ वर्षयताकै उच्च स्तरमा पुगेको छ ।
आकस्मिक निर्वाचनमार्फत संसदको तल्लो सदनका सबै ४६५ सिटको टुंगो लाग्नेछ । यो निर्वाचन अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेपछि ताकाइचीका लागि पहिलो निर्वाचन परीक्षा पनि हुनेछ ।
समयअगावै निर्वाचन गराउँदा बलियो जनसमर्थनको फाइदा उठाएर उनले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीभित्र आफ्नो पकड मजबुत बनाउन र गठबन्धन सरकारको कमजोर बहुमतलाई सुरक्षित गर्न सक्ने अपेक्षा गरिएको छ । साथै, यो निर्वाचन बढ्दो महँगी जनताका लागि सबैभन्दा ठूलो चासो बनेको अवस्थामा उच्च सरकारी खर्चप्रति मतदाताको रुचि कत्तिको छ भन्ने कुराको पनि परीक्षा हुनेछ ।
समयअगावै निर्वाचन गराउँदा बलियो जनसमर्थनको फाइदा उठाएर उनले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीभित्र आफ्नो पकड मजबुत बनाउन र गठबन्धन सरकारको कमजोर बहुमतलाई सुरक्षित गर्न सक्ने अपेक्षा गरिएको छ ।