६ महिनामा बागमती सरकारको आम्दानी १७ अर्ब ४३ करोड

अनलाइनसमय |
५ माघ २०८२
६ महिनामा बागमती सरकारको आम्दानी १७ अर्ब ४३ करोड

बागमती, ५ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा बागमती प्रदेश सरकारले करिब २६ प्रतिशत राजस्व संकलन गरेको छ । सो अवधिमा यस प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अनुसार वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको हो ।

प्रदेश सरकारले चालू आवमा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

गत पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट ७ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट २ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्रदेश सरकारले मूल्य अभिवृद्धि करबापत ३ अर्ब ६९ करोड ५४ लाख, अन्तःशुल्क करबापत १ अर्ब २८ करोड १० लाख रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ५ अर्ब ७४ करोड ७५ लाख, आन्तरिक स्रोतबाट संकलित राजस्वबाट १ अर्ब ८७ करोड २२ लाख ४५ हजार प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस