नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिबीच सम्झौता, ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

अनलाइनसमय |
४ माघ २०८२
नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिबीच सम्झौता, ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

काठमाडौं, ४ माघ । नेपाल बैंक लिमिटेड र काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरूको खरीद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा गत पुस ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यसबाट बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरूबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस