काठमाडौं, ४ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।