रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा सम्पन्न

अनलाइनसमय |
१ माघ २०८२
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार काठमाडौंमा सम्पन्न सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायत वित्तीय विवरण पारित गरिएको छ । कम्पनीले चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक अवधिमा २५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय प्रतिवेदनअनुसार यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९० पैसा पुगेको छ । बीमा व्यवसायतर्फ हेर्दा कम्पनीद्वारा जारी कुल बीमालेख संख्या ७४ लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस