काठमाडौं, ३० पुस । सिन्धुलीको घ्याङलेखस्थित नेपाल एसबीआई बैंक शाखा लुटपाट प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरूलाई घाङ्लेख गाउँपालिका–१ अन्तर्गतको सुकाचुरी जंगल क्षेत्रमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार बैंक लुटेपछि नै उनीहरूको खोजी गरिएको थियो । सोही अभियानका क्रममा जंगल क्षेत्रमा लुकेका चारै जनालाई एकैसाथ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरू बैंक लुटको योजनादेखि कार्यान्वयनसम्म प्रत्यक्ष रूपमा संलग्न रहेको खुलेको छ । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका सामग्री तथा अन्य शंकास्पद सामानहरू समेत बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।