माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अनलाइनसमय |
२८ पुष २०८२
माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, २८ पुस । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ, सो बमोजिम सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस