काठमाडौं, २८ पुस । नेपाली बजारमा आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार १०० सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै महङ्गो हो । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ