पाँच महिनामा १७ अर्बले खुम्चियो सहुलियतपूर्ण कर्जा

अनलाइनसमय |
२७ पुष २०८२
पाँच महिनामा १७ अर्बले खुम्चियो सहुलियतपूर्ण कर्जा

काठमाडौं, २७ पुस । उद्यमशीलता, उत्पादनशीलता र रोजगारी प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा घटेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो ५ महिनामा यस्तो कर्जा २१ प्रतिशतले घटेको हो ।

गत साउनमा ७८ अर्ब ६६ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा मंसिरसम्म आइपुग्दा घटेर ६१ अर्ब ६७ करोड रुपैयाँमा खुम्चिएको छ । सो अवधिमा २१ दशमलव ५९ प्रतिशत अर्थात १६ अर्ब ९८ करोड रुपैयाँले घटेको देखिन्छ ।

आव २०८२/८३ मा बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७५ दशमलव ६२ प्रतिशत अर्थात् ४६ अर्ब ६३ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ १४ अर्ब २४ करोड, कपडा उद्योगतर्फ ५९ करोड, दलित समुदायतर्फ ११ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ ६ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस