नाइमा र थापाथली क्याम्पसको सहकार्यमा ‘मोबिलिटी संवाद’ सम्पन्न

अनलाइनसमय |
२७ पुष २०८२
नाइमा र थापाथली क्याम्पसको सहकार्यमा ‘मोबिलिटी संवाद’ सम्पन्न

काठमाडौं, २७ पुस । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला आयोजना गरेको छ ।

क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय “Completely Knocked Down -CKD- Vehicle Assembly: Opportunities, Challenges, and Way Forward” रहेको थियो ।

क्याम्पस प्रमुख डा. ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गरे । उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै, कार्यक्रमको महत्वपूर्ण पहलका लागि नाइमा/अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थी नवप्रवर्तन सञ्जाल (एमेसिन)लाई धन्यवाद दिए ।

करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो । प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गरेका थिए । प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी थिए ।

कार्यक्रमको स्वागत मन्तव्य इन्जिनियर देवेन्द्रबहादुर राउत, प्रमुख, अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग, तथा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए । इ.राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै, प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

त्यस्तै, नाइमा सदस्य सारडाले CKD Vehicle Assembly Make in Nepal नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए । भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले CKD Vehicle Assembly लाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै, मेक इन नेपाल सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरिएको थियो । नाइमा मोबिलिटी संवादलाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धि सहित निरन्तरता दिइने जानकारी गराउँदै, यसको दशौं श्रृङ्खला आईओई पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए ।

यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै, उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्ससम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमाको पहलको उच्च प्रशंसा गरे । साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि ल्ब्क्ष्ःब् ले गरेको सहयोगप्रति उहाँले हार्दिक आभार व्यक्त गरे ।

नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठले ऋप्म् खभजष्अभि बककझदथि, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरे । उनले मोबिलिटी संवाद जस्ता संवादात्मक पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नीति निर्माता, अटोमोबिल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थिया । विद्यार्थी संगठनको संयोजनमा सम्पन्न यस कार्यक्रममा ऋप्म् खभजष्अभि बककझदथि मार्फत रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य श्रृङ्खला विस्तार गर्ने सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो ।

नाइमाले यस्ता मासिक मोबिलिटी संवादहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, मोबिलिटी तथा अटोमोबाइल क्षेत्रसम्बन्धी समसामयिक विषयमा जानकारी प्रदान गर्ने, सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने तथा नीतिगत तथा संरचनागत चुनौतीहरूमा सहकार्यात्मक समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस