काठमाडौं, २५ पुस । नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. बीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको भएको हो ।
२०८२ साल पौष २३ गते सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री यम बहादुर महतले हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।