काठमाडौं, २५ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।