काठमाडौं, २५ पुस । सालपा विकास बैंक लिमिटेडले आईपीओ बाँडफाँट सम्पन्न गरेको छ । बैंकले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो ।
यसको लागि २०२३ पुस १६ देखि २० सम्म सर्वसाधारणबाट आवेदन संकलन गरिएको थियो । उक्त निष्काशनमा २३ लाख २ हजार ८४३ जना आवेदकले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका थिए । तीमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदकका आवेदन रद्द भएका छन् ।
आवेदनको माग बढी भएकाले आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियाद्वारा गरिएको हो । यसमा १ लाख ४३ हजार ९१७ जना आवेदकलाई १० कित्ताको दरमा शेयर वितरण गरिएको छ ।