राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

अनलाइनसमय |
२४ पुष २०८२
राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट

काठमाडौं, २४ पुस । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् । राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गरेका हुन् ।

सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजदूत थम्पसनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति पोडेलले धन्यवाद समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस