राष्ट्र बैंकले छैटौंपटक जारी गर्‍यो १० अर्ब रुपैयाँको ऋणपत्र

अनलाइनसमय |
२४ पुष २०८२
राष्ट्र बैंकले छैटौंपटक जारी गर्‍यो १० अर्ब रुपैयाँको ऋणपत्र

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस १४ गते यता ११ दिनका अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको हो । पुस १४, १६,२० र २२ गते २५/२५ अर्बको तथा २३ गते २० अर्बको ऋणपत्र जारी गरेको थियो ।

पछिल्लो समय राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप खिच्न छोडेर मौद्रिक नीतिका उपकरणको रूपमा ऋणपत्र निष्कासनलाई निरन्तरता दिँदै आएको छ ।

आज जारी गरिएको ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।

एक वर्षे अवधिको ‘कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस