१३.३५ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
२३ पुष २०८२
१३.३५ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २२ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटर दुई हजार ६३५ दशमलव ९४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगल ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ६२ धितोपत्रको शेयर मूल्य बढ्दा १८७ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२३ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने फाइनान्स उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ । यस्तै व्यापार समूहको उपसूचक स्थिर रह्यो ।

आज होटेल तथा पर्यटन १ दशमलव ३९, उत्पादन तथा प्रशोधन १ दशमलव १६, विकास बैंक शून्य दशमलव ८४, हाइड्रोपावर शून्य दशमलव ७९, लगानी शून्य दशमलव ५४, अन्य शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव २९, बैंकिङ शून्य दशमलव २४, बैंकिङ शून्य दशमलव ४३, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०७, निर्जीवन बीमा शून्य दशमलव ६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको ६ दशमलव ०८, फस्ट माइक्रो फाइनान्स लघुवित्त ३ दशमलव ३५, शुभम पावर २ दशमलव ६७, सयपत्री हाइड्रोपावर २ दशमलव ६३ र मन्जु श्री फाइनान्सको शेयर मूल्य २ दशमलव ५६ प्रतिशतले बढेको छ ।

आज एसवाइ प्यानल नेपाल ८ दशमलव ४५, जीवन लघुवित्त ६ दशमलव ५९, वीन नेपाल लभुवित्त ५ दशमलव ५३, ट्रेड टावर ४ दशमलव ६४ रदरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य ४ दशमलव १३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस