सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२३ पुष २०८२
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस