काठमाडौं, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सो प्रतिवेदन पेस गरेकी हुन् ।
महान्यायाधिवक्ता भण्डारीले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।