काठमाडौं, १८ पुस । गत आर्थिक बर्ष २०८१/८२ मा उद्योगको क्षमता उपयोग ३ दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहको छ । अघिल्लो वर्ष औसत क्षमता उपयोग ४८.३ प्रतिशत रहेको थियो । अध्ययनमा समेटीएका उद्योगको आधारमा यस्तो मूल्यांकन गरिएको हो ।
आव २०८१८२ को अध्ययनमा समेटिएका उद्योगमध्ये टायर तथा ट्यूव उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० दशमलव ७ प्रतिशत रहको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम १ दशमलव १० प्रतिशत रहेको छ ।
वनस्पती घिउ, भटमासको तेल, विस्कुट, चाउचाउ, वियर, चुरोट, सिन्थेटिक कपडा, लत्ता कपडा अन्तर्गत अन्य, कच्चा छाला, प्लाइर्उ ड, ट्याब्लेट औषधी, क्याप्सुल, ओइन्टमेन्ट, ड्राई सिरप, लिक्वीड, साबुन, प्लास्टिकका सामान, फलामको छड तथा पत्ति, स्टिलजन्य उत्पादन, जि.आई पाईप र टान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, तोरीकोतेल, प्रशोधित दुध, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, धागो, पश्मिना, गार्मेन्ट, जुटका सामान, चिरेको काठ, कागज, रोजिन, रगं , पोलिथिन पाइप, ईटा, सिमेन्ट, कंक्रीट, जि आई तार, घरेलुधातुका सामान, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबलु , टायर तथा ट्यूव, चप्पल र बिजलुी उत्पादन गर्नेउद्योगको क्षमता उपयोग घटेको छ ।

स्रोत : नेपाल राष्ट्र बैंक
समीक्षा वर्षमा मधेश र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको छ ।
यसैगरी, गत आवमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११.९५ प्रतिशतले वृद्घि हो । अघिल्लो वर्षमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।