काठमाडौं, १९ पुस । नेपाल अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी खैरो सूचीमा छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा नेपाल गतवर्ष (फागुन)मा दोस्रोपटक परेको हो । यसअघि सन् २००८ मा पहिलोपटक सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण सूचीमा परेको नेपाल ६ वर्षपछि सन् २०१४ मा खैरो सूचीबाट निस्किएको थियो । पछिल्लोपटक सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा परेपछि एफएटिएफले सुधारका लागि नेपाललाई दुई वर्षको मौका दिएको छ, जसको पहिलो वर्ष सकिनै लागेको छ । त्यसैले यसबाट बाहिर निस्कन सरकारमाथि तीव्र दबाब बढेको छ । नेपालमा सम्पत्ति शुद्धीकरण सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने विशिष्ट निकाय पनि छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धानका काम कसरी गर्दै आएको छ ? कस्तो अवस्थामा सम्पत्ति शुद्धीकरण हुन्छ ? सम्पत्ति शुद्धीकरणबारे आम नागरिकले थाहा पाउनुपर्ने विषय के हुन् ? कुन कुन क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम बढी हुन्छ ? यसबाट जोगिन अपनाउनुपर्ने सावधानी के के छन् ?
यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरसँग गरिएको कुराकानी यस्तो छ :