पाँच महिनामा ५.६९ अर्बको बीमा पोलिसी सरेण्डर

अनलाइनसमय |
१७ पुष २०८२
पाँच महिनामा ५.६९ अर्बको बीमा पोलिसी सरेण्डर

काठमाडौं, १७ पुस । चालू आर्थिक वर्ष (आव) को पाँच महिनामा साढे ५ अर्बभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आवको मंसिरसम्ममा ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ८० प्रतिशतले कम हो । गत आवको मंसिरसम्म यस्तो रकम ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ थियो

चालू आवको मंसिरसम्म ३७ हजार १४९ बीमितले बीमा पोलिसी सरेण्डर गरेका हुन्, जुन गत आवको सोही अवधिको तुलनामा सरेण्डरको संख्या १७ दशमलव ५६ प्रतिशतले कम हो । सो वर्षको पाँच महिनामा ४५ हजार ६० जना बीमितले बीमा पोलिसी सरेण्डर गरेका थिए

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्छ, तर केही कारणवश यदि प्रिमियम तिर्न छोडेर रकम फिर्ता लिन चाहन्छ भने त्यसलाई सरेण्डर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस