७.७४ प्रतिशत बिन्दुले बढ्यो बीमाको पहुँच

अनलाइनसमय |
१६ पुष २०८२
७.७४ प्रतिशत बिन्दुले बढ्यो बीमाको पहुँच

काठमाडौं, १६ पुस । पछिल्लो एक वर्ष अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या उल्लेख्य बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पाँच महिनासम्ममा बीमा (म्यादि, लघुम्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४९ दशमलव ७६ प्रतिशत रहेको छ, जुन गत आवको सोही तुलनामा ७ दशमलव ७४ प्रतिशत बिन्दुले बढी हो । गत आवको मंसिरसम्ममा ४३ दशमलव ०२ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो ।

प्राधिकरणका अनुसार चालू आवको मंसिरसम्ममा बीमाको कुल व्यवसाय ९८ अर्ब ७६ करोड १५ लाख रुपैयाँको भएको छ, जुन गत आवको तुलनामा १८ दशमलव ०५ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा जीवन बीमा र निर्जिवन बीमा गरी कुल ८३ अर्ब ६६ करोड १९ लाखको व्यवसाय भएको थियो ।

चालू आवको मंरिसम्ममा जीवन बीमा कम्पनीले ७८ अर्ब ५७ करोड ५८ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सो अवधिमा जीवन बीमालेखको सङ्ख्या २९ लाख ८९ हजार ३८५ रहेको छ भने निर्जीवन बीमालेखको सङ्ख्या १३ लाख ४१ हजार ७०७ छ । हालसम्म १ करोड ६१ लाख ६७ हजार ८५४ जना सक्रिय जीवन बीमालेख छन् ।

एक वर्ष अवधिमा जीवन बीमाको कार्यालय सङ्ख्या १ दशमलव ९ प्रतिशतले बढेको छ । गत आवको मंसिरसम्ममा जीवन बीमाको १ हजार ८३० कार्यालय रहेकोमा यसै वर्षको सो अवधिमा बढेर१ हजार ८ सय ५० पुगेको छ । यस्तै निर्जीवन बीमाको कार्यालय सङ्ख्या भने शून्य दशमलव ९ प्रतिशतले घटेको छ । हाल १ हजार १६० वटा निर्जीवन बीमाको कार्यालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस