काठमाडौं, १६ पुस । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन र बिक्री खुला गरेको छ । बैंकले जारी पूँजीको ३३ प्रतिशत अर्थात १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर आईपीओमार्फत निष्काशन गर्न लागेको हो ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट भइसकेको छ । दोस्रो चरणमा बैंकका कर्मचारीलाई सुरक्षित राखेर बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो । आवेदन आजदेखि पुस २० गतेसम्म दिन सकिनेछ । न्यूनतम १० कित्ताबाट अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।