काठमाडौं, १५ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।