२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अनलाइनसमय |
१४ पुष २०८२
२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस्तो ऋणपत्र खरिद गर्न सक्नेछन् ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।

एक वर्षे अवधिको ‘कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस