काठमाडौं, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मालाई आजै प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।