युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

अनलाइनसमय |
११ पुष २०८२
युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं, ११ पुस । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । पुस ९ गते (बुधवार) नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा उद्योगका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यू हस्ताक्षर गरे ।

नेपालको बढ्दो पूर्वाधार तथा खानेपानी आवश्यकतालाई मध्यनजर गर्दै विगत ५ बर्षदेखि युनिक प्लास्टिक उद्योग लिमिटेडले स्वदेशमै उच्च गुण्स्तरीय आधुनिक प्रविधिको प्रयोग मार्फत नेपाल गुणस्तर एनएस ४०ः द्धारा मान्यता प्राप्त १६ एमएम देखि १६० एमएमसम्मका विभिन्न साइज तथा घ एल् देखि २०–पिएन सम्मका दबाब क्षमतायुक्त १०० भन्दा बढि प्रकारका पिई– १०० पाइप उत्पादन गर्दै आईरहेको छ । यी पाइपहरू खानेपानी आपूर्ती, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल तथा ग्यास लाइन, दुरसञ्चार, विद्युत तथा अन्य भूमिगत संरचनामा व्यापक रुपमा प्रयोग हुँदै आएका छन् ।

यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनुका साथै स्वदेशमै भरपर्दो र गुणस्तरीय पाइप उत्पादन गरी देशको पूर्वाधार विकासमा योगदान पु¥याउने रहेको उद्योगले जनाएको छ । कम्पनीको निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा रहेको आफ्नै जग्गामा शाखा बिस्तार गरि प्लास्टिक जन्य सामाग्रीको उत्पादन गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस