काठमाडौं, १० पुस । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारदेखि बढेर नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि उच्च मूल्यबाट घटेको छ । बुधबार प्रतितोला ४ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।