त्रिविको ५१औं दीक्षान्त समारोह आज, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

अनलाइनसमय |
१० पुष २०८२
त्रिविको ५१औं दीक्षान्त समारोह आज, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं, १० पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१औं दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् ।

त्रिविको दीक्षान्तमा नोबेल विजेता सहभागी हुन लागेको यो पहिलो पटक हो । टोकियो विश्वविद्यालयमा आबद्ध ताकाआकीले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएकी थिइन् ।

विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालका अनुसार यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुनेछन् ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्, जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए ।

त्यस्तै, कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस