काठमाडौं, ९ पुस । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार सुन तोलामा ५ हजार ५०० रुपैयाँले बढेर २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो मूल्य पनि हालसम्मकै उच्च हो ।