काठमाडौं, ८ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २७ अङ्कले घटेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ५ सय ८४ दशमलव ४९ को बिन्दुमा बन्द भएको छ । सोमबार परिसूचक १३ दशमलव १८ अङ्कले घटेर २ हजार ५८१ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो क्रममा ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक किनबेच भएको छ ।
मंगलबार ३२८ धितोपत्र कारोबारमा आए, जसमध्ये ११७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १३४ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ६ वटा समूहको उपसूचक घट्दा ७ समूहको उपसूचक बढेको छ । जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको ०.३४, विकास बैंक तथा निर्जीवन बीमाको समान ०.१६ र म्युचुअल फण्डको उपसूचक ०.११ प्रतिशतले घटेको छ ।
आन्य समूहको उपसूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावरको ०.२९, उत्पादनमुलक समूहको ०.२५, फाइनान्सको ०.२०, माइक्रोफाइनान्सको ०.१७, र बैंकिङ तथा होटर एण्ड टुरिजम समूहको उपसूचक समान ०.१० प्रतिशतले बढेको छ ।
मंगलबार एसआई प्यानलको शेयर सर्वाधिक ७.०१ प्रतिशतले बढेको छ । त्यस्तै, गँरास लघुवित्तको शेयर मूल्य ६.०१, सयपत्री हाइड्रोपावरको ५.९६, ग्रीन विकास लघुवित्तको ५.८५ र रिभर फल्सको ५.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सिटिजन लाइफ इन्स्योरेन्सको ५.९७, सिवाईसी लघुवित्तको ५.८७, प्योर इनर्जीको ४.२८, पोखरा फाइनान्सको २.६८ र बुङ्गल हाइड्रोको २.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।