काठमाडौं, ८ पुस । नेपाली बजारमा आज पनि सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ ।
त्यस्तै चाँदीको मूल्यले पनि केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।