साढे २१ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै, सोमबार बोलकबोल

अनलाइनसमय |
६ पुष २०८२
साढे २१ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै, सोमबार बोलकबोल

काठमाडौं, ६ पुस । सार्जजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (पुस ७) साढे २१ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

कार्यालयले २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि १४ अर्ब ४९ करोड २० लाख र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । २८ दिने आगामी माघ ६ गते, ९१ दिने चैत १० र ३६४ दिने आगामी वर्ष २०८३ पुस ७ गते परिपक्व हुनेछ ।

मंगलबार (पुस ८ गते) जारी हुने यस ट्रेजरी बिलका लागि भोली १० बजेदेखि २ बजेसम्म बजे बोलकबोल हुनेछ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले रीतपूर्वक तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस